·

पुस ३ गतेदेखि भुजुङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन सुरु

Author

NEPSE TRADING

पुस ३ गतेदेखि भुजुङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन सुरु

पुस ३ गतेदेखि भुजुङ्ग हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरका २० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। छुट्याइएको सेयरमध्ये ६० प्रतिशत प्रत्यक्ष प्रभावित लमजुङ्गको क्व्होलासोथार गाउँपालिका–४ का स्थानीयलाई र ४० प्रतिशत अप्रत्यक्ष प्रभावित वडा १देखि ९ का बासिन्दालाई वितरण गरिनेछ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको भागबाट १० प्रतिशत, अर्थात १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृती प्राप्त नेपालीहरूका लागि निष्काशन गर्न लागिएको छ। न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा पुस १७ र ढिलोमा माघ २ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीतर्फका लागि छिटोमा पुस ७ र ढिलोमा पुस १७ गतेसम्म खुला रहनेछ।

आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ICRANP Issuer Rating Single B+ प्रदान गरेको छ, जसले उच्च जोखिम संकेत गर्दछ। कम्पनीको ७.५ मेगावाट माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २४ करोड ९० लाख रुपैयाँ पर्छ। परियोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष बाँकी छ र साधारण लगानी फिर्ता अवधि ९.६५ वर्ष तथा डिस्काउन्टेड फिर्ता अवधि १६.०९ वर्ष रहेको छ। आयोजनाबाट २०८१ वैशाख ६ गतेदेखि विद्युत उत्पादन भइरहेको छ।

कुमारी क्यापिटल लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक बेसिसहर शाखा तथा कम्पनीको सामाखुशीस्थित कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

Related News