एलएस क्यापिटल लिमिटेडद्वारा शेयर प्रमाणपत्र हकदावी सम्बन्धी ३५ दिने सूचना जारी
Author
NEPSE TRADING

काठमाडौं । एलएस क्यापिटल लिमिटेडले हराएका शेयर प्रमाणपत्रहरू सम्बन्धी हकदावी दाबी गर्न ३५ दिने सूचना जारी गरेको छ। कम्पनीले आफ्नो शेयर रजिष्ट्रारको कार्य अन्तर्गत विभिन्न बैंक तथा कम्पनीका शेयरधनीहरूले शेयर प्रमाणपत्र हराएको भन्दै प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउन निवेदन दिएको जानकारी गराएको हो।
कम्पनीका अनुसार सो निवेदनहरू माथि यदि कसैको कानूनी हकदावी रहेको छ भने, सो हकदावीका प्रमाणसहित ३५ (पैंतिस) दिनभित्र एलएस क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा निवेदन दिनु पर्नेछ।
कम्पनीले स्पष्ट पारेको छ कि सो अवधि भित्र हकदावी प्राप्त नभएमा आवश्यक प्रक्रिया पूरा गरी माग गर्ने व्यक्ति वा संस्थाको नाममा प्रतिलिपि शेयर प्रमाणपत्र जारी गरिनेछ। म्याद समाप्त भएपछि वा नियमबमोजिम प्राप्त नभएका निवेदनहरूमा कुनै कारबाही नहुने कम्पनीले जनाएको छ।
यो सूचना सम्बन्धित सबै पक्षहरूलाई जानकारीका लागि प्रकाशित गरिएको हो।



