·

लुम्बिनी विकास बैंकका संस्थापकद्वारा १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीको सूचना

Author

NEPSE TRADING

लुम्बिनी विकास बैंकका संस्थापकद्वारा १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीको सूचना

काठमाडौं — लुम्बिनी विकास बैंक लिमिटेडका दुई संस्थापक शेयरधनीले आफ्ना नाममा रहेको कुल १ लाख २० हजार ९० कित्ता संस्थापक शेयर बिक्री प्रक्रियामा अघि बढाएपछि बैंकले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ।

बैंकका संस्थापक शेयरधनी कान्छा गुरुङले आफ्ना नाममा रहेका १ लाख कित्ता तथा प्रकाश मान श्रेष्ठले २० हजार ९० कित्ता संस्थापक समूहका शेयर बिक्री गर्न बैंकको सञ्चालक समितिसमक्ष स्वीकृतिका लागि आवेदन दिएका छन्। उक्त आवेदनको आधारमा बैंकले विद्यमान संस्थापक शेयरधनीहरूको जानकारीका लागि सूचना जारी गरेको हो।

बैंकले सूचनामार्फत संस्थापक समूहमै रहेका खरीद इच्छुक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा लिखित रूपमा जानकारी गराउन आग्रह गरेको छ।

बैंकले तोकिएको अवधिभित्र कुनै संस्थापक शेयरधनीबाट खरीद गर्नेमनसायसहित लिखित जानकारी प्राप्त नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, तथा प्रचलित कानुनअनुसार शेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ।

लुम्बिनी विकास बैंक लिमिटेड “ख” वर्गको इजाजतपत्र प्राप्त विकास बैंक हो। बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंबाट सेवाहरू विस्तार गरिएको छ।

Related News