माउण्टेन इनर्जी नेपालको वार्षिक साधारणसभा मंसिर २९ गते हुने
Author
NEPSE TRADING

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्नो १२औं वार्षिक साधारणसभा (AGM) मंसिर २९ गते (सोमबार, १५ डिसेम्बर २०२५) बिहान १०:०० बजे काठमाडौंको Amrapali Banquet Catering & Events, भाटभटेनी मा आयोजना गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको १३४औं बैठकले उक्त मिति, समय र स्थान तय गरेको हो। सो साधारणसभाको सूचना कम्पनीले कार्तिक २५ गतेको नयाँ पत्रिका दैनिक मा प्रकाशित गरेको छ।
वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का विभिन्न वित्तीय विवरण र प्रतिवेदनमाथि छलफल हुने जनाएको छ। साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ।
कम्पनीले यस साधारणसभामार्फत आगामी वर्षका लागि आवश्यक प्रस्तावहरू पनि पारित गर्ने तयारी गरेको छ।



