·
नबिल बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्यो
Author
NEPSE TRADING

काठमाडौं — नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८१/८२ का लागि १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समिति (बोर्ड) को ६९४औँ बैठकले मंसिर १९ गते उक्त लाभांश प्रस्ताव पारित गरेको हो।
बैंकले हालको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ आधारमा १२.५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले (AGM) अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ।
हाल बजारमा नबिल बैंकको शेयर मूल्य (LTP) ५१०.२० रुपैयाँ रहेको छ।


