·

बाढीपहिरोले ध्वस्त सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड लाग्ने अनुमान

Author

NEPSE TRADING

बाढीपहिरोले ध्वस्त सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड लाग्ने अनुमान

काठमाडौं । यही असोज १८, १९ र २० गतेसहित यसअघि आएका बाढीपहिरोका कारण देशभरका सडक तथा पुल संरचनामा ठूलो क्षति पुगेको छ । ती संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुलहरूको पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ । यसअघि गत वर्षको विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि बाँकी १ अर्ब ७० करोड रुपियाँ पनि यस वर्ष खर्च हुने अनुमान छ ।

Related News