सम्पदा लघुवित्तको संस्थापक शेयर बिक्री, संस्थापक शेयरधनीलाई प्राथमिकताSampada Laghubitta: Promoter Share Sale, Priority to Existing Promoters
- वर्ग:
- Auction
- प्रकाशित मिति:
- Published on June 9, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
संस्थापक शेयर खरिद गर्न चाहनु हुने संस्थापक शेयरधनी महानुभावहरुलाई जरुरी सूचना
(सूचना प्रकाशित मिति: २०८३/०२/२६ गते, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक)
यस सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको १,६५४ कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि निवेदन दिनु भएको र उक्त निवेदन नेपाल राष्ट्र बैंकको निर्देशन तथा अन्य प्रचलित कानूनको अधीनमा रही बिक्री गर्ने प्रक्रिया अगाडि बढाउन यस वित्तीय संस्थाको सञ्चालक समितिबाट निर्णय भएकोले संस्थाका संस्थापक शेयरधनीलाई नै उक्त संस्थापक शेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम संस्थापक शेयरधनीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
यदि कुनै संस्थापक शेयरधनी महानुभावहरुलाई यस संस्थाको संस्थापक शेयर खरिद गरी लिने इच्छा भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट-५, नवलपरासी (ब.सु.पू.) मा आफुले खरिद गर्ने शेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनु हुन सूचित गरिन्छ। संस्थापक शेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक शेयरधनी महानुभावहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड
Sampada Laghubitta Bittiya Sanstha Limited
(नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्था (राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको)
केन्द्रीय कार्यालय: गैंडाकोट न.पा.-०५, नवलपरासी (ब.सु.पू.), फोन नम्बर : ०७८-५४५१००
Email: [email protected], Website: www.sampadalaghubitta.com.np
Urgent Notice to Promoter Shareholders Interested in Purchasing Promoter Shares
(Notice published date: २०८३/०२/२६, Annapurna Post National Daily)
Some shareholders from the promoter group of Sampada Laghubitta Bittiya Sanstha Limited have submitted an application to sell १,६५४ units of promoter shares registered in their name. As per the decision of the Board of Directors of this financial institution to proceed with the sale process in accordance with the directives of Nepal Rastra Bank and other prevailing laws, and as per the arrangement to give priority to the existing promoter shareholders for the purchase of these promoter shares, this notice has been published for the information of the promoter shareholders.
If any promoter shareholder is interested in purchasing promoter shares of this institution, they are requested to submit an application stating the number of shares they wish to purchase, along with necessary documents and evidence, within ३५ (thirty-five) days from the date of publication of this notice, at the central office of this financial institution, Gaindakot-५, Nawalparasi (B.Su.Pu.). It is also informed to all concerned that if no application is received from the currently existing promoter shareholders within the specified period for the purchase of promoter shares, necessary actions will be taken to sell the shares to other individuals or institutions as per prevailing laws.
Sampada Laghubitta Bittiya Sanstha Limited
(A 'D' class licensed microfinance financial institution (with national level working area) from Nepal Rastra Bank)
Central Office: Gaindakot N.Pa.-०५, Nawalparasi (B.Su.Pu.), Phone Number: ०७८-५४५१००
Email: [email protected], Website: www.sampadalaghubitta.com.np




