·

वारेन बफेटले कोका-कोलाबाट कमाउँछन् अचम्मको डिभिडेन्ड आम्दानी

Author

NEPSE TRADING

वारेन बफेटले कोका-कोलाबाट कमाउँछन् अचम्मको डिभिडेन्ड आम्दानी

विश्वप्रसिद्ध लगानीकर्ता र बर्कशायर हैथावेका प्रमुख कार्यकारी वारेन बफेटले कोका-कोलामा लगानी गरेर वार्षिक ७७६ मिलियन अमेरिकी डलर (करिब १ खर्ब नेपाली रुपैयाँ) डिभिडेन्ड आम्दानी गर्दै आएका छन्। यो रकम महिनामा ६४.६७ मिलियन, दिनमा २.१३ मिलियन, घण्टामा ८८ हजार ५५६, मिनेटमा १,४७६ र प्रत्येक सेकेन्डमा २४.६० अमेरिकी डलर पर्दछ। सन् १९८८ मा उनले कोका-कोलामा लगानी गरेका थिए र आजको दिनसम्म यो लगानीले ऐतिहासिक प्रतिफल दिएको छ। कोका-कोलाको निरन्तर डिभिडेन्ड वितरण र विश्वव्यापी ब्रान्ड सशक्तताले बफेटको दीर्घकालीन लगानी रणनीतिलाई पुष्टि गर्छ।

Related News