आत्मनिर्भर लघुवित्तको पहिलो त्रैमासमा १ करोड १४ लाख खुद नाफा
Author
NEPSE trading

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको असोज मसान्तसम्म ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यो वर्ष नाफामा उक्लन सफल भएको हो ।
कम्पनीको खुद ब्याज आम्दानीमा १३.९२ प्रतिशतको वृद्धि भएको छ । गत वर्ष असोज मसान्तसम्म ३ करोड १३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कुल सञ्चालन आम्दानी १४ प्रतिशतले बढेर ३ करोड ९५ लाख रुपैयाँ कायम भएको छ, जुन गत वर्ष ३ करोड ४६ लाख रुपैयाँ थियो । सञ्चालन नाफा १ करोड ११ लाख रुपैयाँ पुगेको छ भने गत आवको सोही अवधिमा कम्पनी २ करोड ३० लाख रुपैयाँ सञ्चालन घाटामा थियो ।
खराब कर्जा (एनपीएल) भने अझै उच्च रहेको छ । गत वर्ष १४.४३ प्रतिशत रहेको एनपीएल यस वर्ष घटेर १२.८३ प्रतिशतमा झरेको छ ।
कम्पनीको चुक्ता पुँजी ७ करोड ८३ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा २३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ ।
नाफामा फर्कन सफल भएको यस लघुवित्तले आगामी दिनमा खराब कर्जा नियन्त्रण र आम्दानी वृद्धिमा थप ध्यान दिने अपेक्षा गरिएको छ ।


