·
व्यक्तिगत खातामा व्यवसायीक कारोबारको रकम जम्मा गर्न नपाइने
Author
NEPSE trading

अब व्यवसायीक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ। आन्तरिक राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै सो नियम कार्यान्वयनमा आएको जानकारी गराएको हो।
आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा ८१ क. थप भई व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने विज्ञप्तिमा जानकारी गराएको छ।
यस्तो व्यवस्था कार्यान्वयन नगरिएमा हरेक पटक पाँच हजार रूपैयाँ वा कुल कारोबार रकमको दुई प्रतिशत मध्ये जुन बढी हुन्छ, सो रकम शुल्क लाग्ने व्यवस्था गरिएको विभागले जनाएको छ।