·

कम्पनी रजिस्ट्रारको क्यामिस सर्भर डाउन, शुक्रबारदेखि सबै सेवा अवरुद्ध

Author

NEPSE TRADING

कम्पनी रजिस्ट्रारको क्यामिस सर्भर डाउन, शुक्रबारदेखि सबै सेवा अवरुद्ध

कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) सर्भर डाउन भएपछि गत शुक्रबारदेखि कार्यालयबाट प्रदान हुने सबै प्रकारका सेवा पूर्ण रूपमा अवरुद्ध भएका छन्। एक्कासी उत्पन्न भएको प्राविधिक समस्याका कारण अनलाइनमार्फत सञ्चालन हुँदै आएको कम्पनी दर्तादेखि अद्यावधिक तथा खारेजीसम्बन्धी सबै प्रक्रिया रोकिएको कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्षदेखि कम्पनीसम्बन्धी सबै कार्य भौतिक उपस्थितिविना क्यामिस प्रणालीमार्फत गर्दै आएको कार्यालयले सर्भर बिग्रँदा सेवा प्रवाहमा व्यापक समस्या उत्पन्न भएको जानकारी दिएको छ। समस्या समाधान नभएसम्म सेवा सूचारु नहुने बताइएको छ।

Related News