·

विज्ञापनमा भ्रष्टाचार: मिडिया सञ्चालकसहित पाँचजनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

Author

NEPSE trading

विज्ञापनमा भ्रष्टाचार: मिडिया सञ्चालकसहित पाँचजनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञापनमार्फत भ्रष्टाचार गरेको आरोपमा पत्रिका सम्पादक, प्रकाशकसहित पाँचजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा कृषकहरूका लागि औषधि स्प्रे टंकी वितरणका लागि बिना टेण्डर प्रक्रिया रकम भुक्तानी भएको पाइएपछि अख्तियारले अनुसन्धान अघि बढाउँदै मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरूमा:

  • तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव

  • तत्कालीन सहलेखापाल नवीन यादव

  • जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी वगाले

  • तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल

  • तराई पोष्टका प्रतिनिधि ओमप्रकाश यादव रहेका छन्।

अख्तियारका अनुसार वडा नम्बर ४ का कृषकहरूका लागि स्प्रे टंकी खरिदसम्बन्धी बोलपत्र आह्वानको सूचना जनसवाल राष्ट्रिय दैनिक र तराई पोष्टमा प्रकाशित भएको देखाइए पनि वास्तविक रूपमा प्रकाशन नभएको प्रमाणित भएको छ।

यसै सेटिङमार्फत टेण्डर सूचना सार्वजनिक नगरी कृत्रिम प्रक्रिया अपनाएर सरकारी रकम भुक्तानी गरिएको पाइएपछि अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा चलाएको हो।

अख्तियारले यस कार्यले नियमविपरीत विज्ञापन खर्च देखाएर सरकारी रकमको दुरुपयोग भएको निष्कर्ष निकालेको छ र त्यसअनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएको छ।

Related News