दुर्गा प्रसाईँ पक्राउ: अराजक अभिव्यक्तिको आरोपमा मध्यरातमा प्रहरीद्वारा नियन्त्रण
Author
NEPSE TRADING

काठमाडौं — विवादास्पद व्यक्तित्व दुर्गा प्रसाईँ सोमबार मध्यरातमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (कुहिर) को संयुक्त टोलीले भक्तपुरस्थित प्रसाईँको निवासबाट उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार हिंसा भड्काउन सक्ने, अराजक गतिविधि प्रोत्साहन गर्ने अभिव्यक्ति सार्वजनिक गरेको आरोपमा प्रसाईँलाई पक्राउ गरिएको हो। पछिल्ला दिनहरूमा उनले विभिन्न कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्दै प्रहरी सतर्क थियो।
यसअघि १५ चैतमा भएका हिंसात्मक गतिविधिपछि प्रसाईँ पक्राउ परी अदालतको आदेशमा रिहा भएका थिए।
राजावादी गतिविधिमा सक्रिय भनिएका प्रसाईँले बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने, राजनीतिक व्यवस्थामा परिवर्तन गर्ने लगायतका माग राख्दै पुनः आन्दोलनको तयारी गरिरहेका थिए।
प्रहरी अधिकारीहरूका अनुसार प्रसाईँविरुद्ध थप अनुसन्धान भइरहेको छ र आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइनेछ।



