·

अमेरिकामा अर्थमन्त्री खनालद्वारा नेपाल–अमेरिका आर्थिक साझेदारीमा जोड

Author

NEPSE TRADING

अमेरिकामा अर्थमन्त्री खनालद्वारा नेपाल–अमेरिका आर्थिक साझेदारीमा जोड

वाशिङटन डिसी (अमेरिका), असोज २८ — विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिकन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : स्ट्रेन्थनिङ यूएस–नेपाल पार्टनरशिप’ शीर्षकको व्यवसायिक संवाद (Business Dialogue) कार्यक्रममा सम्बोधन गरेका छन्।

कार्यक्रममा अर्थमन्त्री खनालले नेपालको हालको आर्थिक स्थिति, लगानी वातावरण, र अमेरिका–नेपालबीचको आर्थिक साझेदारी सुदृढीकरणका विषयमा विस्तृत रूपमा चर्चा गरेका थिए। उनले नेपालले लगानी–मैत्री नीति, निजी क्षेत्रसँगको सहकार्य, र ऊर्जा, पर्यटन, र सूचना प्रविधि क्षेत्रका अवसरहरूमा जोड दिएको जानकारी गराए।

कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका वरिष्ठ अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू तथा विभिन्न व्यावसायिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सोमबार वाशिङटन डिसीमै अर्थमन्त्री खनाल र अन्तरराष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लिबीचबीच भेटवार्ता भएको छ। भेटमा नेपालको वित्तीय नीति, मौद्रिक स्थायित्व, र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थमन्त्री खनालको भ्रमण टोलीका सदस्य तथा मुद्रा कोषका अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

अर्थमन्त्री खनाल विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन आइतबार अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका हुन्।

Related News