·

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलाम बढाबढमा

Author

NEPSE trading

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलाम बढाबढमा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ३ लाख ६२ हजार कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले आज कात्तिक १७ गते (सोमबार) देखि शिलबन्दी बोलपत्र आव्हान गर्दै बिक्री प्रक्रिया सुरु गरेको हो, जसको अन्तिम मिति कात्तिक २३ गते (आइतबार) तोकिएको छ। बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका साथै अन्य इच्छुक व्यक्ति वा संगठित संस्थाहरूलाई बिक्री गरिनेछ। तर, यसरी बिक्री भएको शेयर संस्थापक समूहमा नै रहने गरी व्यवस्था गरिएको छ। कम्पनीले नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम संस्थापक समूहको शेयर सोही समूहमा रहने गरी लिलाम बढाबढ गर्न लागेको हो।

बोलपत्र पेश गर्नेहरूका लागि शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७०/- रुपैयाँ तोकिएको छ। आवेदकले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिन सक्नेछन्। शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १,००० कित्ता का लागि आवेदन दिनुपर्नेछ।

गोप्य शिलबन्दी बोलपत्र आवेदन फारम कात्तिक २३ गते दिउँसो २:३० बजेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा अनिवार्य रूपमा आइपुग्ने गरी पेश गर्न कम्पनीले आह्वान गरेको छ। लिलाम बढाबढको प्रक्रियामा प्राप्त बोलपत्रहरूको विश्लेषण गरी कम्पनीले उच्चतम मूल्यमा आवेदन दिने बोलपत्रदातालाई शेयर बिक्री गर्नेछ।

Related News