·

सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजारले घट्यो

Author

NEPSE TRADING

सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ हजारले घट्यो

काठमाडौं । लगातार बढिरहेको सुनचाँदीको मूल्य आज भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजारले घटेर २ लाख १६ हजार १०० रुपियाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला ४५ रुपियाँले घटेर २ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ।

हालसम्म निरन्तर बढ्दै गएको सुनचाँदीको मूल्य आज पहिलो पटक घट्दा लगानीकर्तासहित उपभोक्ताले केही राहतको अनुभव गर्ने देखिन्छ।

Related News