·

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

Author

NEPSE TRADING

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

साउन १५ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार सोही सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि आज ४० रुपैयाँले घटेर प्रतितोला २ हजार २७० रुपैयाँमा झरेको छ, जुन बुधबार २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

Related News