सुन–चाँदीको मूल्यमा उतार–चढाव : बिहीबार भारी बढेको सुन शुक्रबार ५ सय रुपैयाँले मात्र घट्यो
Author
NEPSE TRADING

बुधबार प्रतितोला ५ हजार ९ सय रुपैयाँले एकै दिनमा आकस्मिक वृद्धि भएको सुनको मूल्य शुक्रबार भने सीमित रुपमा मात्र घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ५० हजार २ सय रुपैयाँ थियो। केही दिनअघि, असोज ३१ गते सुनले हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। महासंघले चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको ३ हजार ३४५ रुपैयाँभन्दा ६० रुपैयाँ कम हो। चाँदीले पनि असोज ३१ गते ३ हजार ३५० रुपैयाँको रेकर्ड मूल्य छोएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, कच्चा पदार्थको मूल्य र geopolitical risk का कारण सुन–चाँदीको मूल्यमा अस्थिरता बढ्दै गएको व्यवसायीहरूको मत छ।


