·
सुन र चाँदीको मूल्य घट्यो, कारोबार मूल्य कति ?
Author
NEPSE TRADING

असार ६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घट्दै १,९४,७०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन अर्थात् बिहीबार यो मूल्य १,९५,५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला २,२०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५० रुपैयाँ घटेर २,१५० रुपैयाँमा झरेको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य घटावट र डलरको चालका कारण नेपालमा पनि सुनचाँदीको मूल्य घटेको हो।