·

मंगलबार सुनचाँदीको मूल्य घट्यो, छापावाल सुन ३ हजार ८०० ले सस्तो

Author

NEPSE TRADING

मंगलबार सुनचाँदीको मूल्य घट्यो, छापावाल सुन ३ हजार ८०० ले सस्तो

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ३९ हजार ५०० रुपैयाँमा कायम भएको छ। सोमबार उक्त सुनको मूल्य २ लाख ४३ हजार ३०० रुपैयाँ प्रतितोला थियो।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६५ रुपैयाँले घटेको छ। सोमबार ३ हजार १५५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य आज झरेर ३ हजार ९० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै प्रभावित हुने भएकाले नेपाली बजारमा पनि यसका असरहरू नियमित रूपमा देखिने गर्छ।

Related News