तिहारपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट
Author
NEPSE TRADING

कार्तिक ९ गते, आइतबार, तिहारपछि खुलेको पहिलो बजारदिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । आजको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत कार्तिक ३ गते सोमबार प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटको असर नेपाली बजारमा पनि देखिएको हो । तिहार विदापछि खुलेको बजारमा एकै पटक सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको हो । हाल चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत कार्तिक ३ गतेको तीन हजार २८० रुपैयाँभन्दा कम हो ।


