·
नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य वृद्धि
Author
NEPSE TRADING

कात्तिक २० गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य २ लाख ३७ हजार २०० रुपैयाँ प्रतितोला थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा उतारचढाव र आन्तरिक मागका कारण मूल्यमा वृद्धि भएको बताइएको छ।


