·

नेपाली बजारमा सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा

Author

NEPSE TRADING

नेपाली बजारमा सुन र चाँदीको मूल्य ऐतिहासिक उचाइमा

सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ऐतिहासिक वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला २ हजार ४०० रुपैयाँले बढेर २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य प्रति तोला ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ पुगेको छ।

आईतबारको बजारमा छापावाल सुन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। असोज २३ गते कायम गरिएको २ लाख ३९ हजार २०० रुपैयाँको रेकर्ड तोड्दै आज नयाँ उच्च मूल्य कायम भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ। आइतबारको ३ हजार १२५ रुपैयाँको तुलनामा आज ३ हजार २२० रुपैयाँमा चाँदी कारोबार भइरहेको छ। विश्व बजारमा सुनचाँदीको मूल्य बढ्दै गएको, अमेरिकी डलर कमजोर बनेको र लगानीकर्ताहरूले सुरक्षित लगानीका रूपमा बहुमूल्य धातु रोजेका कारणले नेपाली बजारमा पनि मूल्य वृद्धि भएको विश्लेषण गरिएको छ।

Related News