·
सुन ऐतिहासिक उच्चतामा, चाँदीले रेकर्ड तोड्यो
Author
NEPSE TRADING

असोज ५ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य गत भदौ ३१ गते कायम भएको ऐतिहासिक रेकर्डमा पुगेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड नै तोडेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको हो। यसअघि, गत शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदी प्रतितोला ४० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ। यसरी लगातार बढ्दो मूल्यले बजारमा सुन-चाँदीको कारोबार थप चासोको विषय बनेको छ।