·

सुन २ लाख १२ हजार, चाँदी २ हजार ५०० मा पुग्दै नयाँ रेकर्ड

Author

NEPSE TRADING

सुन २ लाख १२ हजार, चाँदी २ हजार ५०० मा पुग्दै नयाँ रेकर्ड

भदौ २२ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य नयाँ रेकर्डमा पुगेको छ। गत साताभर निरन्तर वृद्धि हुँदै आएको मूल्य आज फेरि नयाँ उच्चतामा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो। यसअघि सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार तोलामा २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५०० रुपैयाँमा पुगेको छ।

Related News