सुनको मूल्य बढ्यो, चाँदीले बनायो हालसम्मकै नयाँ रेकर्ड
Author
NEPSE TRADING

आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढ्दै हालसम्मकै उच्च रेकर्ड कायम गर्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९९० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो। चाँदीले पुस २३ गते कायम गरिएको प्रतितोला ४ हजार ९३५ रुपैयाँको पुरानो रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो।



