·

सुनको मूल्य बढेर प्रतितोला २ लाख ३९ हजार पुग्यो, चाँदीको भाउ पनि बढ्यो

Author

NEPSE TRADING

सुनको मूल्य बढेर प्रतितोला २ लाख ३९ हजार पुग्यो, चाँदीको भाउ पनि बढ्यो

काठमाडौँ, शुक्रबार, कार्तिक १४, २०८२ — अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा स्थिर रहेको थियो। यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

Related News