·

ऐतिहासिक उचाइपछि सुनको मूल्य घट्यो, चाँदीले बनायो नयाँ रेकर्ड

Author

NEPSE TRADING

ऐतिहासिक उचाइपछि सुनको मूल्य घट्यो, चाँदीले बनायो नयाँ रेकर्ड

ऐतिहासिक उच्च स्तरमा पुगेपछि नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीले लगातार नयाँ रेकर्ड कायम गर्ने क्रम जारी राखेको छ। पुस १४ गते, सोमबार, आइतबार ऐतिहासिक उचाइमा कारोबार भएको सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ, जबकि आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

यसैबीच, चाँदीको मूल्य भने आज पुनः बढेर नयाँ कीर्तिमान कायम गरेको छ। चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। आइतबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दो मूल्यका कारण चाँदीले नयाँ उचाइ बनाउने क्रम जारी राखेको देखिन्छ।

Related News