पहिलो पटक तोलाको मूल्य ४ हजार डलर नाघ्यो — सुन नयाँ रेकर्डमा, धातु बजार बलियो तर इक्विटी बजारमा गिरावट
Author
NEPSE TRADING

हङकङ । विश्व बजारमा सुनको मूल्य इतिहासमै पहिलो पटक ४ हजार अमेरिकी डलर पार गरेको छ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र अमेरिकी सरकारको आंशिक सटडाउनको चिन्ताले लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भएका कारण बुधबार सुनले नयाँ कीर्तिमान कायम गरेको हो ।
विगत केही महिनादेखि टेक कम्पनीहरूको तीव्र मूल्यवृद्धिपछि बजार अत्यधिक मूल्याङ्कनमा पुगेको ठानिँदै आएको छ । यही कारण लगानीकर्ताहरूले जोखिमयुक्त सम्पत्तिबाट पैसा हटाएर सुनतर्फ लगानी बढाएका छन् । विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकाको व्यापार नीति र भू-राजनीतिक तनावबीच सुनमा भरोसा गर्ने क्रम जारी रहँदा सुनको मूल्य यो वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको विश्लेषकहरू बताउँछन् । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति (Safe Haven) का रूपमा चिनिँदै आएको सुन बुधबार ४,०३७.१० अमेरिकी डलरसम्म पुगेको छ । साथै, चाँदीको मूल्य पनि आफ्नै रेकर्ड नजिक पुगेको छ ।
अमेरिकी सरकारले केही विभागहरू बन्द गरेपछि लगानीकर्ताहरूमा अनिश्चितता र अविश्वास बढेको छ । यसले विशेषगरी रोजगारी र आर्थिक तथ्याङ्क प्रकाशनमा ढिलाइ गराएको छ र फेडरल रिजर्भको ब्याजदर नीतिमा अन्योल थपेको छ ।
#GoldRecordHigh #GoldPriceUSD4000 #SilverMarket #SafeHavenAssets #USInterestRates #GeopoliticalUncertainty #AsianMarkets #StockMarketDecline #GlobalEconomy #GoldNewsNepal



