आईसीएफसी फाइनान्सले मंसिर २९ गते साधारण सभा बोलायो, १५.७८% लाभांश पारित हुने
Author
NEPSE TRADING

आईसीएफसी फाइनान्स लिमिटेडले लाभांशलगायतका एजेन्डा पारित गर्न मंसिर २९ गते साधारण सभा आयोजना गर्ने भएको छ। मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको कम्पनीले जनाएको छ।
फाइनान्सको वार्षिक साधारण सभा मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। सभामा गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १५.७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव प्रस्तुत गरिनेछ र पारित हुने अपेक्षा गरिएको छ।
साथै, सभामा अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरू पारित गर्नेछ। यस्तै, चालु आर्थिक वर्ष २०८२–८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले छान्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज मिति तय गरेको छ। त्यसअनुसार मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई नाममा शेयर कायम भएका शेयरधनीहरू मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।



