·
सुपर माई हाइड्रोपावरको इश्यूअर रेटिङ आईसीआरए नेपालले फिर्ता लियो
Author
NEPSE TRADING

ICRA नेपाल लिमिटेड ले सुपर माई हाइड्रोपावर लिमिटेड लाई दिइएको [ICRANP-IR] BBB- इश्यूअर रेटिङ कम्पनीकै अनुरोधमा फिर्ता (Withdraw) गरेको छ।
रेटिङ एजेन्सीले जानकारी दिँदै उक्त रेटिङले कम्पनीको सामान्य वित्तीय दायित्व पूरा गर्ने क्षमताको मूल्याङ्कन मात्र जनाउने बताएको छ। यस रेटिङको कुनै पनि विशिष्ट ऋण साधन (Debt Instrument) सँग प्रत्यक्ष सम्बन्ध नभएको पनि आईसीआरए नेपालले स्पष्ट पारेको छ।
सुपर माई हाइड्रोपावर लिमिटेडले कम्पनीको आन्तरिक कारण र आवश्यकता अनुसार उक्त रेटिङ फिर्ता लिन अनुरोध गरेको थियो।