·
जोशी हाइड्रोपावरको २४ लाख १४ हजार हकप्रद सेयर नेप्सेमा सूचीकृत
Author
NEPSE TRADING

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार कम्पनीका २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर औपचारिक रूपमा secondary market मा कारोबारका लागि सूचीकरण गरिएको हो।
कम्पनीले सेयरधनीहरूलाई बिक्री गरेको ६५% हकप्रद सेयर सूचीकरण भएसँगै, डिम्याट खातामा सेयर जम्मा भएपछि लगानीकर्ताले यसलाई बजारमा स्वतन्त्र रूपमा किनबेच गर्न सक्नेछन्।
नेप्सेमा सूचीकृतसँगै कम्पनीको पूँजी संरचनामा मजबुती आउने तथा सेयरधनीलाई तरलता सुविधा थप सहज हुने अपेक्षा गरिएको छ।


