·

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

Author

NEPSE TRADING

विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले पुस २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फर्दर पब्लिक अफरिङ (एफपीओ) मा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ। संस्थापक र सर्वसाधारण शेयरधनीबीच ७०ः३० को शेयर स्वामित्व अनुपात कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको हो। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जपछि संस्थाको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो, जहाँ संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व अनुपात ७४.३९ः२५.६१ रहेको थियो। सोही अनुपात समायोजन गर्न लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर, कुल ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको हो। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपाल ले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ ‘बी एटदरेट’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Related News