·

नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Author

NEPSE TRADING

नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत दुई कम्पनी—सुपर मादी हाइड्रोपावर र माउन्टेन इनर्जी नेपालको लागि मंसिर १६ गते, मंगलबार (आज) लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

माउन्टेन इनर्जी नेपालले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १६ गते (भोली) एक दिनका लागि बुकक्लोज गर्दैछ। सोही अनुसार आजसम्म शेयर किनेका वा कायम राखेका शेयरधनीहरूलाई साधारण सभामा सहभागिता जनाउने र प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार रहनेछ।

त्यस्तै, सुपर मादी हाइड्रोपावरले मंसिर १६ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। आजसम्म नेप्सेमा कारोबार भई नाम रहेको शेयरधनीलाई साधारण सभामा सहभागी हुने तथा प्रस्तावित लाभांश प्राप्त गर्ने व्यवस्था मिलेको छ।

लाभांश प्रस्ताव

🔹 माउन्टेन इनर्जी नेपाल (MEN)
कम्पनीले हाल कायम चुक्ता पूँजीमा २०% बोनस शेयर तथा कर प्रयोजनार्थ १.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २९ गते साधारण सभा बोलाएको छ।

🔹 सुपर मादी हाइड्रोपावर (SMH)
यस कम्पनीले हाल कायम चुक्ता पूँजीमा ५% बोनस शेयर तथा कर प्रयोजनार्थ ०.२६% नगद लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्ताव पारित गर्ने उद्देश्यले कम्पनीले पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा १६औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

आज नेप्सेमा कारोबार गरी नाम रहेको शेयरधनीले दुवै कम्पनीका साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्ने अधिकार सुरक्षित गर्न सक्नेछन्।

Related News