महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थासँगको सहकार्यमा छुट सुविधा
Author
NEPSE TRADING

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले ‘बलियो बैंक, सफल साझेदारी’ भन्ने मूल नाराका साथ विभिन्न संस्थासँग सहकार्य गरेर आफ्ना ग्राहकलाई विशेष छुट सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। यस अन्तर्गत बैंकका डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ सेवाको प्रयोग गर्ने ग्राहकहरूले स्वास्थ्य सेवा, खानपान, होटल तथा रिसोर्टमा बसाइ, यात्रा तथा किनमेलमा प्रत्यक्ष लाभ लिन सक्नेछन्।
बैंकले शुक्रबार जानकारी दिँदै अस्पताल, रेस्टुरेन्ट, डायग्नोस्टिक सेन्टर, होटल, रिसोर्ट र अन्य व्यापारिक संस्थाहरूसँग सम्झौता भएको जनाएको छ। यस सहकार्यले ग्राहक सन्तुष्टिमा वृद्धि गर्ने र डिजिटल वित्तीय सेवाको प्रयोगलाई अझ प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ। साथै, क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि बैंकले भुक्तानी सहज बनाउन किस्ता योजनासमेत ल्याएको छ, जसअन्तर्गत यात्रा एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा ६ देखि १२ महिनासम्म किस्ताबन्दीमा तिर्न सकिने सुविधा रहेको छ।
मनकामना दर्शन प्रा.लि., चितवन – केबलकार टिकटमा १०%
समाज डेन्टल अस्पताल, काठमाडौं – एक्स-रे तथा फार्मेसी सेवामा १५%
मात्सुरी टोक्यो, दरबारमार्ग काठमाडौं – खानपानमा १०%
मंगलम डायग्नोस्टिक सेन्टर, पर्सा – प्याथोलोजी सेवामा १०%
होटल क्विक २० रिभरसाइड, सिमरा – खाना, बसाइ र पेय पदार्थमा ५%
नाइस न्यु होम डेकोर, काठमाडौं – कार्पेट र फ्लोरिङ सामग्रीमा अधिकतम २०%
शुभ काठमाडौं टायर सेन्टर, काठमाडौं – MRF ब्रान्ड टायरमा अधिकतम १०%
कुलेखानी भिलेज रिसोर्ट, मकवानपुर – कोठा भाडामा अधिकतम १०%
रेगल हेटौंडा रिसोर्ट प्रा.लि., मकवानपुर – खाना, बसाइ र पेय पदार्थमा अधिकतम १५%
कबिलास रिसोर्ट एण्ड फनपार्क, चितवन – खाना र फनपार्क प्रवेश शुल्कमा १५%
यसरी, बैंकले सुरु गरेको छुट अभियानले ग्राहकलाई प्रत्यक्ष आर्थिक लाभ दिने मात्र नभई डिजिटल बैंकिङ सेवाप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।