माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित
Author
NEPSE TRADING

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा (AGM) २०७२ साल असोज २४ गते (अक्टोबर १०, २०२५) का दिन काठमाडौंको सुकेधारा स्थित सानिवेशन हाइट्समा सम्पन्न भएको छ। उक्त सभामा उपस्थित शेयरधनीहरू र प्रतिनिधिहरूको सहभागिताले ६४.९३ प्रतिशत शेयर प्रतिनिधित्व भएको जानकारी दिइएको छ, जसले सभा सञ्चालनका लागि आवश्यक गणपूरक संख्या पूरा गरेको जनाएको छ।
सभामा विभिन्न शेयरधनीहरूले कम्पनीका वित्तीय, प्राविधिक र सञ्चालन सम्बन्धी विषयमा प्रश्न तथा सुझावहरू राखेका थिए। अध्यक्ष श्री रामेश्वर रिजालको अध्यक्षतामा बसेको सभामा सो प्रश्नहरूको स्पष्टिकरण प्रदान गर्दै कम्पनीका विषयमा आवश्यक जानकारी दिइएको थियो।



