·

नारायणी डेभलपमेन्ट बैंकका अवितरित हकप्रद शेयर लिलामीमा—६ लाख ३ हजारभन्दा बढी संस्थापक, १८ हजार सर्वसाधारण शेयर बिक्रीमा

Author

NEPSE TRADING

नारायणी डेभलपमेन्ट बैंकका अवितरित हकप्रद शेयर लिलामीमा—६ लाख ३ हजारभन्दा बढी संस्थापक, १८ हजार सर्वसाधारण शेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो अवितरित हकप्रद शेयरलाई शिलबन्दी बोलपत्रमार्फत लिलामी बिक्री गर्ने भएको छ। बैंकले संस्थापक तथा सर्वसाधारण दुवै समूहमा आवेदन नपरेपछि उक्त शेयरहरूलाई लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

बैंककाे हकप्रद शेयर २०७९/०६/०२ देखि २०७९/०७/०९ सम्म बिक्री खुला गरिएको थियो। निर्धारित अवधिमा संस्थापक समूहतर्फ ६,०३,१६२ कित्ता र सर्वसाधारण समूहतर्फ १८,४४४ कित्ता हकप्रद शेयरका लागि मागअनुसार आवेदन प्राप्त नहुँदा नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८१, तथा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ काे निर्देशन नं. १५ बमोजिम बैंकले लिलामी प्रक्रियामा जाने निर्णय गरेको हो।

बोलपत्र पेश गर्ने अवधि: मंसिर ११ देखि मंसिर २५

बैंकले इच्छुक व्यक्तिहरू, कम्पनीहरू वा संस्थाहरूसँग मंसिर ११ गतेबाट मंसिर २५ गतेभित्र बोलपत्र पेश गर्न आह्वान गरेको छ। इच्छुक बोलककर्ताले प्रति कित्ता कति दरमा शेयर किन्न चाहेको हो भन्ने विवरणसहित गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ।

बोलपत्र आवेदन फाराम निम्न संकलन केन्द्रहरूबाट उपलब्ध हुनेछः

  1. ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं

  2. ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू – विराटनगर, वीरगंज–आर्दशनगर, हेटौडा, नारायणगढ, पोखरा–न्यूरोड, बुटवल–मिलनचोक, सुर्खेत, धनगढी।

लिलामीमा राखिएका शेयरहरुको विवरण

  • संस्थापक समूहको शेयर: ६,०३,१६२ कित्ता

  • सर्वसाधारण समूहको शेयर: १८,४४४ कित्ता

उक्त शेयरहरू लिलामी प्रक्रियाबाट खरिद गर्न चाहनेहरूले बैंकले तोकेको शर्त तथा नियमको पूर्ण पालनामा रही बोलपत्र पेश गर्नुपर्नेछ।

संचालक समितिको निर्णय अनुसार अब बाँकी रहेका सबै हकप्रद शेयरहरू केवल बढाबढ (Auction) मार्फत बिक्री गरिने बैंकले जनाएको छ। लिलामीमा सहभागी हुने सबैले तोकिएको फाराम भरेर तोकिएको समयभित्र बुझाउनुपर्ने र ढिला प्राप्त बोलपत्र स्वीकृत नहुने स्पष्ट गरिएको छ।

नारायणी डेभलपमेन्ट बैंक, जो नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त संस्था हो,ले दशकौंदेखि चितवन केन्द्रित रूपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ।

Related News