·
नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ४ गतेदेखि खुल्दै, १०:३.४७८३ अनुपातमा जारी हुने
Author
NEPSE trading

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँको ३४.७८३ प्रतिशतका दरले १०:३.४७८३ अनुपातमा हकप्रद शेयर ल्याउन लागेको हो।
यो अनुपात अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपियाँको दरमा कुल ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
हकप्रद शेयरका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ। त्यसैले जेठ २९ गतेसम्म कम्पनीको शेयरधनी रहेकाले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम मिति साउन २६ गतेसम्म तोकिएको छ। इच्छुक शेयरधनीहरूले तोकिएको म्यादभित्र आवेदन दिनुपर्नेछ।