·

नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा ४.९४% नाफा वृद्धि, प्रतिशेयर आम्दानी भने घट्यो

Author

NEPSE TRADING

नेपाल लाइफ इन्स्योरेन्सको पहिलो त्रैमासमा ४.९४% नाफा वृद्धि, प्रतिशेयर आम्दानी भने घट्यो

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा ४.९४ प्रतिशतले वृद्धि भएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २० करोड ५४ लाख रुपैयाँ थियो। यस वर्ष बीमाशुल्क आर्जनमा उल्लेख्य सुधारसँगै नाफामा पनि बृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १३.१८% ले बढेको छ भने कुल आम्दानी २.१५% ले वृद्धि भएको विवरणमा उल्लेख छ।

यद्यपि, बीमा दाबी भुक्तानी र खर्चमा पनि वृद्धि भएको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ३.६७% ले बढेको छ भने कुल खर्च ४.३०% ले बढेको छ, जसले नाफा वृद्धिलाई सीमित गरेको देखिन्छ।

नाफा वृद्धि भए पनि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ। अघिल्लो वर्षको तुलनामा EPS ४६ पैसा कम हुँदै ९ रुपैयाँ ५५ पैसा मा झरेको छ, जसले कम्पनीको प्रति शेयर लाभांश क्षमतामा केही दबाब देखाएको छ।

नेपाल लाइफको पहिलो त्रैमासिक नतिजाले बीमाशुल्क आर्जन सुधार भए पनि खर्च र दाबी भुक्तानी बढ्नाले नाफा वृद्धिमा प्रभाव परेको स्पष्ट देखिन्छ।

Related News