·

नेपाल ल्यूब आयलको २०% बोनस शेयर तथा लाभांश घोषणा, साधारण सभा असोज ३१ गते

Author

NEPSE TRADING

नेपाल ल्यूब आयलको २०% बोनस शेयर तथा लाभांश घोषणा, साधारण सभा असोज ३१ गते

नेपाल ल्यूब आयल (NLO) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। सो बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, ललितपुरको पुल्चोकस्थित द प्लाजा सभाहलमा ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ। बिहान ११:३० बजे सुरु हुने उक्त सभामा बोनस शेयरसँगै कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सर्वसाधारण तर्फका सञ्चालकहरूको नियुक्ति गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने घोषणा गरेको छ। यसअनुसार असोज ९ गतेसम्म नेप्सेमा शेयर कारोबार गरेर शेयरधनी बनेकाले मात्र साधारण सभामा सहभागी हुन र घोषणा गरिएको लाभांश प्राप्त गर्न सक्नेछन्।

Related News