·

नेप्से साताको अन्तिम दिन पनि १३.५२ अंकले ओरालो, कारोबार रकम भने ५ अर्ब २३ करोडमा उक्लियो

Author

NEPSE TRADING

नेप्से साताको अन्तिम दिन पनि १३.५२ अंकले ओरालो, कारोबार रकम भने ५ अर्ब २३ करोडमा उक्लियो

नेप्से

साताको अन्तिम कारोबार दिन समेत नेप्से परिसूचकमा गिरावट आएको छ। साताको पहिलो दिनदेखि नै कमजोर देखिएको बजारले बुधबार पनि उही क्रमलाई निरन्तरता दियो। लगातारको गिरावटसँगै लगानीकर्ताको मनोबलमा दवाव देखिए पनि समग्र कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंकले घट्दै २६३१.१७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ३.०३ अंकले कमजोर बनेको छ भने फ्लोट इन्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०४ अंकले घटेका छन्। सूचकहरूको समग्र अवस्था हेर्दा बजार अझै कमजोर मनोविज्ञानमै रहेको देखिएको छ । तर, कारोबार रकम भने उल्टै बढेको छ। मंगलबार ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँको शेयर किनबेच भएको छ। यस दिन ३३२ कम्पनीका १ करोड ८ लाख ७३ हजार कित्ता शेयर ६७ हजार ४८५ पटक कारोबार भएका थिए, जसले कारोबार गतिविधि भने उच्च रहेको संकेत गर्छ । यस दिन पाँच कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेक इन्डस्ट्रीजका शेयरहरू सर्किटमा पुगेका हुन्। त्यस्तै, ओम मेगाश्री फर्मास्यूटिकल्सको मूल्य ७ प्रतिशतले बढेको छ भने बुङ्गल हाइड्रोको शेयरमूल्य करिब ६.५ प्रतिशतले उक्लिएको छ । कारोबार रकमका आधारमा बन्दीपुर केबलकार एन्ड टुरिजम अग्रस्थानमा रह्यो। यस कम्पनीको १८ करोड ४९ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि हिमालयन रि इन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अधिकांश स्टकहरूमा मूल्य घट्दा पनि कारोबार भने व्यापक देखिएको छ । १३ उपसमूहमध्ये ४ उपसमूह हरियो रहे भने बाँकी ९ उपसमूह रातो बने। वित्त उपसमूह १.५९ प्रतिशतले बढ्दै सबैभन्दा धेरै उक्लिएको उपसमूह रह्यो। त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, र म्युचुअल फण्ड उपसमूह पनि सामान्य रूपमा बढेका छन्। जीवन बीमा उपसमूह भने १.१८ प्रतिशतले घट्दै सबैभन्दा धेरै कमजोर देखिएको छ । भोलि देशभर योमह्री पूर्णिमा तथा उधौली पर्व मनाइने भएकाले शेयर बजारसहित सरकारी कार्यालय, बैंक तथा बीमा कम्पनीहरू बन्द रहनेछन्। अब शेयर बजार आइतबार बिहान ११ बजेदेखि मात्र पुनः सञ्चालन हुनेछ । नेवार समुदायले ४०० वर्षदेखि योमह्री पूर्णिमा मनाउँदै आएको मानिन्छ। जाडोको समयमा चामलको पिठोबाट बनाइने यो महत्त्वपूर्ण परिकार ‘योमह्री’का कारण यो पूर्णिमा विशेष मानिन्छ। त्यसैगरी किरात समुदायले खेतीपाती सफल भएको कृतज्ञतास्वरूप उधौली पर्व मनाउने परम्परा राख्दै आएका छन् ।

प्राविधिक विश्लेषण

लगातार बजार घटेसँगै केहि सानो करेक्सन हुने देखिएको विश्लेषकले दावी गरेका छन् । एउटा सानो करेक्सन पछि फरी बजार माथी नै जाने दावी गरीएको छ । अब बजारको मुख्य सपोर्ट २५९० देखि २६०० सम्म रहेको देखिन्छ । अहिलेको करेक्सनलाई बजारले हायर लो बनाएको दावी गरीएको छ । हाल आरएस आई ५४ दशमलव शुन्य दुई रहेको छ जुन डे चाटमा देखिएको हो । इचिमो क्लाउड अनुसार पनि बजार हाल डेन्जर जोनमा भने नरहेको दावी गरीएको छ ।

ब्रोकर विश्लेषण

आज ठूला ब्रोकरहरुको अबस्था हेर्दा १० मध्य ६ वटा ब्रोकरले बेचेको भन्दा बढी किनेको देखिन्छ । त्यस्तै ४ वटा ब्रोकरले नै किनेको भन्दा बढी बेचेको देखिएको छ । यो अबस्था लाई खरीद बिक्रीबाट हेर्दा सकारात्मक मानीएको छ । आज ५८,४२,४४,४९,६२ र ५७ ले बढी खरीद गराएका छन् । त्यस्तै ४८,३४,४५ र ३२ ले भने आजको बजारमा बढी सेल गराएको देखिन्छ । त्यस्तै स्टक अनुसार ब्रोकरको गतीविधि हेर्दा ३९ नं.को ब्रोकरबाट लगानीकर्ताले UMHL ४९ हजार कित्ता उठाएका छन् । जुन कुल बाईको ३१ प्रतिशत हो । जसको एभरेज मुल्य ५ सय ८४ रहको छ । त्यस्तै ICFC ५८ नं.को ब्रोकरबाट ४८ हजार कित्ता खरीद भएको छ । त्यसैगरी ५८ बाटै NIMB ४७ हजार कित्ता बाई भएको देखिन्छ । यता सेल तर्फ भने SIKLES ६५ नं. को ब्रोकरबाट १ लाख २ हजार कित्ता बेचीएको देखिन्छ । जुन कुल सेलको ६९ प्रतिशत हो । जसको एभरेज मुल्य ६ सय ६२ रहेको छ । त्यस्तै ३५ नं. ब्रोकरबाट लगानीकर्ताले MEN ६२ हजार कित्ता फालेको छन् । त्यसैगरी, NIMB ४८ नं. ब्रोकरबाट ५९ हजार कित्ता बेचीएको छ ।

Related News