सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
Author
NEPSE TRADING

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले बढ्दै २६४०.५४ विन्दुमा पुगेको हो। यससँगै सेन्सेटिभ इण्डेक्स ०.९२ अंक, फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ। नेप्से बढेपनि कारोबार रकम भने घटेको देखिएको छ। बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ४ लाख कित्ता शेयर किनबेच भएको छ। यस दिन सान्भि इनर्जीको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढ्दा एसवाई प्यानल नेपालको मूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कारोबार रकमतर्फ एसवाई प्यानल नेपाल २० करोड ६ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहँदा बन्दीपुर केबलकार एण्ड टुरिजम र सान्भि इनर्जीको कारोबार क्रमशः साढे १७ करोड र साढे १५ करोड रुपैयाँ नाघेको छ। १३ उपसमूहमध्ये बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा गरी ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूह घटेका छन्।



