राष्ट्र बैंकले रेमिट्यान्स सीमा २५ लाख पुर्यायो
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले अब एकैदिनमा अधिकतम २५ लाख रुपैयाँसम्मको रेमिट्यान्स रकम पठाउन वा पठाउन पाउने व्यवस्था गरेको छ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार एकीकृत परिपत्र २०८१ संशोधन गर्दै नयाँ सीमा लागू गरेको हो। यसअघि यो सीमा दैनिक २० लाख रुपैयाँ मात्र थियो।
संशोधित परिपत्रअनुसार अब नेपाली वा विदेशी नागरिक, नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयहरूले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका प्रयोजनका लागि फिर्ता नहुने (non-repatriable) रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत प्रत्यक्ष लाभग्राहीको बैंक खातामा पठाउन वा पठाउन पाउनेछन्।
राष्ट्र बैंकले भनेको छ — “दैनिक २५ लाख रुपैयाँसम्मको रकम एकपटक वा पटक–पटक गरी पठाउन सकिनेछ।”
यो निर्णयले व्यवसायिक लेनदेन, फ्रीलान्सिङ, र सेवा निर्यातमार्फत नेपालमा आउने विदेशी आम्दानीलाई सहज बनाउने विश्वास गरिएको छ।



