राष्ट्र बैंकको आग्रहः भाइटीकाबाहेक अन्य दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालनमा राख्न आग्रह गरेको छ ।
केन्द्रीय बैंकले क, ख र ग वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणाली सहज बनाइराख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न निर्देशन दिएको हो ।
त्यसैगरी राष्ट्र बैंकले शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली पनि सञ्चालनमा रहने जनाएको छ । सूचनाअनुसार यो प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहनेछ ।
राष्ट्र बैंकको यो व्यवस्था अनुसार आयात–निर्यातसँग सम्बन्धित वित्तीय कारोबार तथा भन्सार जाँचपासका कामहरु तिहारको समयमा समेत सहज रूपमा सञ्चालन हुने भएका छन् ।