·

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गर्यो

Author

NEPSE TRADING

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गर्यो

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले सेयरधनीहरूलाई ४० प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते (१३औँ वार्षिक साधारणसभा) आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभामा सो लाभांश अनुमोदनसँगै कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर (राइट्स शेयर) निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

एनआरएन इन्फ्रास्ट्रक्चरले नियमित लाभांश वितरणसँगै पूँजी सुदृढीकरणका लागि हकप्रद निष्कासन गर्ने योजना अघि सारेको छ, जसले कम्पनीको लगानी क्षमतामा थप वृद्धि गर्ने अपेक्षा गरिएको छ।

Related News