·

राजश्वको लक्ष्य बढ्यो, करमा दबाब

Author

NEPSE trading

राजश्वको लक्ष्य बढ्यो, करमा दबाब

सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटलाई कार्यान्वयन गर्न आवश्यक स्रोत जुटाउने योजनाको खाका सार्वजनिक गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै बजेटका लागि मुख्य रूपमा राजस्व, ऋण र अनुदानबाट रकम जुटाइने जानकारी दिएका हुन्।

  • राजस्वबाट: १३ खर्ब १५ अर्ब रुपैयाँ जुटाइने अनुमान

    • (तर हालको सुनिश्चित राजस्व अनुमान अनुसार १२ खर्ब ६० अर्ब मात्र सुनिश्चित भएको छ)

  • आन्तरिक र बाह्य ऋणबाट: ५ खर्ब ९५ अर्ब रुपैयाँ जुटाउने योजना

    • (हालसम्म सुनिश्चित ५ खर्ब ४७ अर्ब)

  • वैदेशिक अनुदानबाट: ५३ अर्ब रुपैयाँ प्राप्त हुने अपेक्षा

    • (हालको सुनिश्चित अनुदान ५२ अर्ब रुपैयाँ)

सरकारले आगामी वर्षको बजेटको दुई तिहाइ जति हिस्सा राजस्वबाट नै उठाउने योजना बनाएको छ भने बाँकी ३० प्रतिशतभन्दा बढी हिस्सा ऋण र अनुदानबाट जुटाइनेछ। तर, राजस्व संकलनमा चुनौती र अनुदान र ऋणको सुनिश्चिततामा देखिएको अन्तरले बजेट कार्यान्वयनमा दबाव सिर्जना गर्न सक्ने सम्भावना रहेको छ।

Related News