·

रिभर फल्स पावर लिमिटेडका अवितरित हकप्रद शेयर खोल्ने मिति सार्वजनिक

Author

NEPSE TRADING

रिभर फल्स पावर लिमिटेडका अवितरित हकप्रद शेयर खोल्ने मिति सार्वजनिक

रिभर फल्स पावर लिमिटेडले आफ्ना १०,२८,९२४ कित्ता अवितरित हकप्रद शेयर लिलाम (गोप्य शिलबन्दी बोलपत्र) मार्फत बिक्री गर्न माग गरेको बोलपत्र खोल्ने मिति सार्वजनिक गरेको छ। कम्पनीले मंसिर ८ गते प्रकाशित सूचनामा प्राप्त बोलपत्रहरू तोकिएको मिति, समय र स्थानमा खोलिने जनाएको छ।

कम्पनीले अवितरित शेयर बिक्रीका लागि मिति २०८२/०७/२६ देखि २०८२/०८/०३ सम्म आवेदन माग गरेको थियो। उक्त अवधिभित्र दर्ता भएका सबै बोलपत्र २०८२/०८/०८ गते (मंसिर ८) दिउँसो १:०० बजे, प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा खोलिनेछन्।

यो शेयर बिक्री प्रक्रियाको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले बोलपत्र खोल्ने कार्यक्रममा सहभागी हुन चाहने सम्बन्धित व्यक्तिहरूलाई तोकिएको मिति र समयमा उपस्थित हुन सूचित गरेको छ।

Related News