·

साहस उर्जाले २१% बोनस र १.१०% नगद लाभांश पारित गर्न साधारण सभा बोलायो

Author

NEPSE TRADING

साहस उर्जाले २१% बोनस र १.१०% नगद लाभांश पारित गर्न साधारण सभा बोलायो

साहस उर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले सभा मंसिर २४ गते, बुधबार, काठमाडौँको कार्की ब्याङ्क्वेट, बबरमहलमा आयोजना गर्ने जनाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र बोनस वितरणपछि लाग्ने कर प्रयोजनका लागि १.1053 प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। लाभांशसम्बन्धी प्रस्ताव पारित भएपछि शेयरधनीहरूले बोनस तथा कर प्रयोजनार्थ नगद लाभांश प्राप्त गर्नेछन्।

यसैगरी, सभाले गत वर्ष अनुमोदित गरिएको १०० प्रतिशत हकप्रद शेयर प्रस्तावमा संशोधन गरी बोनस शेयर वितरणपछि कायम हुने पूँजीअनुसार १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने, तथा नयाँ लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता भएका शेयरधनी मात्र साधारण सभामा सहभागी हुन र घोषणा गरिएको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

साहस उर्जाले आगामी वर्षका लगानी तथा विस्तार योजनालाई थप प्रभावकारी बनाउन लाभांश र हकप्रद प्रस्ताव महत्वपूर्ण हुने बताएको छ।

Related News