·

सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्दै

Author

NEPSE TRADING

सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्दै

सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आफ्नो पहिलो चरणको आईपीओ (Initial Public Offering) निष्काशन गर्न लागेको छ। बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्न सेबोनबाट अनुमति पाएको थियो।

यसअनुसार बैंकले मंसिर २५ गतेदेखि सो कुल शेयरमध्ये १० प्रतिशत भाग वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गर्न लागेको हो।

कित्ता विवरण

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि
🔹 १ लाख ७२ हजार ३८८ कित्ता साधारण शेयर
🔹 अंकित मूल्य: रु. १०० प्रति शेयर
🔹 कुल मूल्य: रु. १ करोड ७२ लाख ३८ हजार ८००

यस आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

रेटिङ्ग

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई IRN Single B Issuer Rating प्रदान गरेको छ, जसले बैंकको औसत जोखिम वहन क्षमतालाई संकेत गर्दछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आवेदन प्रक्रिया सम्पन्न भएपछि बाँकी ९० प्रतिशत आईपीओ सर्वसाधारणका लागि निष्काशन गरिने बैंकले जानकारी दिएको छ।

Related News