दुधकोशी-४ जलविद्युत् परियोजना निर्माणका लागि सानिमा मिडल तामोर र व्योमा हाइड्रोको संयुक्त लगानी
Author
NEPSE TRADING

सानिमा मिडल तामोर हाइड्रोपावर लिमिटेडले व्योमा हाइड्रोपावर प्रा.लि. सँगको संयुक्त लगानीमा ४७ मेगावाट क्षमताको दुधकोशी–४ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। उक्त आयोजना निर्माण कार्य Build-Own-Operate-Transfer (BOOT) मोडलमा अघि बढाइनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभाग (DoED) ले २०८२ साल भदौ १० गतेको पत्रमार्फत यस परियोजनाको लागि सानिमा मिडल तामोर र व्योमा हाइड्रोको संयुक्त उपयुक्तता स्वीकृत गरेको हो।
आयोजना निर्माण, सञ्चालन र व्यवस्थापनका लागि विशेष प्रयोजन कम्पनी (Special Purpose Vehicle–SPV) गठन गरिनेछ। उक्त SPV मा सानिमा मिडल तामोर हाइड्रोपावर लिमिटेडको ६ प्रतिशत सेयर रहनेछ।
यस विषयमा औपचारिक निर्णय कम्पनीको सञ्चालक समितिको २०८२ भदौ १९ गते बसेको बैठकले गरेको हो। दुधकोशी–४ आयोजना अगाडि बढ्न लाग्नु नेपालमा नवीकरणीय ऊर्जाको क्षमतावृद्धितर्फको महत्वपूर्ण कदम मानिएको छ।



